क्यानडामा नेपाल झल्कने कार्यक्रम हुदै

क्यानडामा विगत एक दशक देखि नियमीत रुपमा नेपालको पर्यटनलाई प्रवद्र्धन गर्दै आएका नर बहादुर टण्डनले यो बर्ष पनी सेभन वन्र्डर अफ नेपाल भन्दै नेपाल झल्कने कार्यक्रम गर्ने बताएका छन् । क्यानडा नेपला टुरीज्म एण्ड कल्चरको आयोजनामा यही आउदो असार २३ गते कार्यक्रम गर्न लागेको टण्डनले बताए । उनले भने सातवटा प्रदेशको सात वटा महत्तव पुर्ण गन्तब्यलाई फोकस गरेर सेभन वन्डर अफ नेपाल भनेर नेपालको पर्यटकी स्थलको जानकारी दिने कार्यक्रम गर्न लागेको बताए ।
कोभिडका कारण असर परेको नेपालको पर्यटनलाई पुरानै लयमा फर्काउनका लािग यो कार्यक्रम प्रभावकारी हुने बताउदै क्यानडा नेपला टुरीज्म एण्ड कल्चरका अध्यक्ष समेत रहेका टण्डनले भने विगत एक दशक देखि निरन्तररुपमा नेपालको पर्यटन प्रर्वद्धन गर्दै आएका छन् । उनले भने यो पटक त्यही विगतका कार्यक्रमलाई निरन्तरता दिन लागेको बताए । कार्यक्रममा क्यानडा पराष्ट्र मन्त्री मेलानाई जोली, मन्त्री हरजीत साजन, क्याडन नेपाल पार्लियामेन्ट एसोसीएनका अध्यक्ष एव सासद सोनीया सीन्धु , एनआर एन, नेपाली राजदुतबास र स्थानिय सहयोगको कार्यक्रम गर्न लागेको बताए । उनले कार्यक्रममा नेपालका पर्यटकीय स्थलनका जानकारी दिने तस्बिर, भिडियो, साँस्कृतीक कार्यक्रम समेत रहेको बताए ।

को हुन टण्डन ?

दाङ जन्मेको नरबहादुर टण्डन दाङकै खान्द्रेस्थित जनश्रम माविबाट एसएलसी उत्तिण गरेपश्चिा उनी उच्च शिक्षा अध्ययनका लागि सन २००५ मा उनी क्याडाना गएका थिए ।
क्यानाडामा बसेर उच्च शिक्षा अध्ययन मात्र गर्छु भन्ने सोचका सथा क्यानडा पुगेका टण्डन कमाई नहुँदा पढाइ अघि बढाउन सकेनन् ।

कामकै सिलसीलमा ट्रक ड्राइभर भए अहिले त्यही टक बाट जन्मभुमी नेपाल चिनाई रहेका छन् ।

क्यानाडामा ६५ हजार बढी नेपाली बस्छन । ती मध्येका एक अपवाद पात्र हुन नरबहादुर । उनले त्यहाँ बसेर काम मात्र गरेनन ।

पैसा कमाएर जीवन मात्र चलाएनन् । मातृभूमी नेपालका लागि केही गर्ने अठोट लिए र नेपला चिनाउने अभियान चलाए ।
क्यानाडा–अमेरिका गुड्ने यस्ता लरी ट्रकमा ठूला ब्यवसायिक कम्पनीहरू आफ्नो वस्तुको विज्ञापन गर्न हजारौं खर्च गर्न रूचाउँछन ।

नरबहादुरले अन्य कम्पनीको विज्ञापन गर्न चाहेनन ।

जतिसक्दो आफ्नै देशको प्रचार अभियानमा जुटेर अहिले त्यही अभियानलाई निरन्तरता दिईरहेका छन् ।ट्रक हाँकेरै अमेरिका र क्यानाडाका दर्जनौं शहर घुमेका नरबहादुरका परिवारै क्यानाडा बस्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *